धुर्मुस–सुन्तली सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्रान्ड एम्बेसडर

Post Date : June 17, 2016 | 12:23 pm

काठमाडौं, ३ असार । सिटी एक्सप्रेस मनी ट्रान्सफरले हास्य कलाकार तथा सामाजिक अभियन्ताद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई ब्रान्ड एम्बेसडर बनाएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर र धुर्मुस–सुन्तली फाउण्डेसनका सदस्यद्वय धुर्मुस र सुन्तलीबीच ब्रान्ड एम्बेसडर सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र धुर्मुस–सुन्तली फाउण्डेसनका सदस्य सिताराम कट्टेलले हस्ताक्षर गरेको सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट जारी गरेको विज्ञप्तीमा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *