शेयरबजारमा उच्च गिरावट, ५८ अंकको गिरावट

Post Date : November 20, 2016 | 6:12 pm

काठमाडाैं, ५ मङ्सिर । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ५८.४६ अंकले घटेर १५९९.६२ बिन्दुमा पुगेको छ । कुल ६७७६ कारोवारबाट १५ लाख ३२ हजार ५२८ कित्ता शेयर किनबेच भई १ अर्ब २४ करोड ५१ लाख ७३ हजार १५७ रुपैयाको कारोवार भएको छ ।

कुल १२७ कम्पनीहरूको कारोवार भएको अाजको शेयरबजारमा सबै समूह अोरालो लागेको छ ।

वाणिज्य बैंकहरुको ५८.८८ अंकले घटेर ६३ करोड ५६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ३५.८८ अंकले घटेर १५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको ५३.८३ अंकले घटेर १४ करोड ७० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ८६.०७ अंकले घटेर २ करोड १९ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । फाइनान्स समूहको ३०.७७ अंकले घटेर १ करोड ३३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको ४००.६७ अंकले घटेर ३८ करोड ८७ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने । उत्पादन समूहको २०.४५ अंकले घटेर १ लाख ९५ हजार ८ सय रुपैयाको कारोवार भएको छ भने अन्य समूह ४.३४ अंकले घटेर १ करोड ६५ लाख ४५ हजार १ सय रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको १८ करोड ६५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ कराेड २३ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *