शेयरबजारमा सबै समूहहरुको कारोवारमा वृद्धि

Post Date : June 28, 2016 | 3:26 pm

काठमाडाैं, १४ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा अाज ११.३५ अंकले बढेर १७२४.१९ बिन्दुमा पुगेको छ । कुल ७५६० कारोवारबाट ४९ लाख ४१ हजार ८३० कित्ता शेयर किनबेच भई १ अर्ब ८४ करोड १७ लाख १० हजार १६६ रुपैयाको कारोवार भएको छ ।

अाज सबै समूहहरुको कारोवारमा वृद्धि भएको छ । सबैभन्दा बढी कारोवार वाणिज्य बैंकहरुको भएको छ जसमा  १२.७८ अंकले बढेर ८४ करोड रुपैया भन्दा बढीको कारोवार भएको छ । त्यस्तै बीमा कम्पनीहरुको कारोवार ३७.७५ अंकले बढेर ४९ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंकहरुको झण्डै २० करोड रुपैयाकाे कारोवार भएको छ भने जलविद्युत कम्पनीहरुको ११ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी कारोवार नेपाल मर्चेन्ट बैंककाे झण्डै ९ कराेड रुपैयाको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *