शेयरबजारले २ अर्बभन्दा बढीको कारोवार गरी सुधारोन्मुख दिशातिर

Post Date : August 10, 2016 | 4:51 pm

काठमाडाैं, २५ साउन । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १९.१५ अंकले बढेर १७७९.५७ बिन्दुमा पुगेको छ । कुल ९८७० कारोवारबाट ३५ लाख ८५ हजार ८६० कित्ता शेयर किनबेच भई २ अर्ब ३ करोड ३३ लाख १५ हजार ८९९ रुपैयाको कारोवार भएको छ ।

होटल र जलविद्युत समूहबाहेक अरु सबै समूहमा नेप्से परिसूचक उकालो लागेको छ ।

वाणिज्य बैंकहरुको १४.९३ अंकले बढेर १ अर्ब ६ करोड ४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको ३२.०९ अंकले बढेर २९ करोड ४९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । फाइनान्स समूहको १२.१७ अंकले बढेर ४ करोड ५९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बीमा कम्पनीहरुको १८०.४७ अंकले बढेर ४० करोड ६३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै उत्पादन समूहको ५८.९२ अंकले बढेर ८ लाख ६० हजार ७ सय रुपैयाको कारोवार भएको छ भने अन्य समूहको ५.२ अंकले बढेर २ करोड १६ लाख ९५ हजार ४०० रुपैयाको कारोवार भएको छ ।

होटल समूहको ३६.१७ अंकले घटेर ८० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको २८.९१ अंकले घटेर ९ करोड ४८ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी नेपाल बंगलादेश बैंक लिमिटेडको १५ करोड १८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा सिद्धार्थ बैंक लिमिटेडको ११ कराेड १५ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *