शेयरबजार निराशाजनक विन्दुमा, कारोवार रकम १ अर्ब पनि पुगेन

Post Date : August 8, 2016 | 3:44 pm

काठमाडाैं, २४ साउन । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ८८.८१ अंकले घटेर १६७५.९१ बिन्दुमा पुगेको छ । कुल ४८१६ कारोवारबाट ११ लाख ६२ हजार ५७१ कित्ता शेयर किनबेच भई ८७ करोड ९३ लाख ८१ हजार ८११ रुपैयाको कारोवार भएको छ ।

उत्पादन समूहबाहेक अरू सबै समूहहरूको कारोवारमा अोरालो लागेको छ । शेयरबजार अाज निकै निराशाजनक रह्यो । एक अर्ब रूपैयाको कारोवार समेत पुरयाउन सकेन । बैंकहरू, जलविद्युत कम्पनीहरू, हाइड्रो कम्पनीहरू र बीमा कम्पनीहरूमा अाएको उच्च गिरावटले शेयरबजारलाई निकै प्रभाव पारयो ।

वाणिज्य बैंकहरुको ९२.३८ अंकले घटेर ५३ करोड ५८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ६२.९६ अंकले घटेर ५१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको ६९.६१ अंकले घटेर ९ करोड १ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ११७.३५ अंकले घटेर ३ करोड ५९ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । फाइनान्स समूहको ३०.३८ अंकले घटेर १ करोड ९६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बीमा कम्पनीहरुको ५३७.८४ अंकले घटेर १५ करोड ३६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । अन्य समूहको ३२.१ अंकले घटेर १ करोड १४ लाख १९ हजार ६०० रुपैयाको कारोवार भएको छ ।

 उत्पादन समूहको भने ८.४५ अंकले बढेर २८ लाख ५३ हजार ८४० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी नेपाल बङ्गलादेश बैंक लिमिटेडको १० करोड २२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा नेपाल बैंक लिमिटेडको ५ कराेड ५५ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *