शेयरबजार १३.२८ अंकले उकालो लाग्यो

Post Date : October 6, 2016 | 9:35 pm

काठमाडाैं, २० असोज । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १३.२८ अंकले बढेर १८१९.८८ बिन्दुमा पुगेको छ । कुल ५०१४ कारोवारबाट १५ लाख ५६ हजार ३२७ कित्ता शेयर किनबेच भई १ अर्ब २ करोड ७७ लाख ११ हजार ३९२ रुपैयाको कारोवार भएको छ ।

अाज नेप्से परिसूचकका सबै समूह उकालो लागी १३.२८ अंकले बढ्यो ।

वाणिज्य बैंकहरुको ८.४६ अंकले बढेर ५० करोड ४३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको १०४.६३ अंकले बढेर ५ करोड ३४ लाख लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको २३.०२ अंकले बढेर ७ करोड १९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको २५.५४ अंकले बढेर २ करोड ४८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । फाइनान्स समूहको ५.०७ अंकले बढेर ८२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको ६४.०७ अंकले घटेर ३१ करोड ९९ लाख रुपैयाको कारोवार भएकाे छ । । त्यस्तै अन्य समूहको ८.६८ अंकले बढेर ८८ लाख ६४ हजार २५० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी बैंक अो काठमाण्डू लुम्बिनी लिमिटेडको १३ करोड ९३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा एभरेष्ट बैंक लिमिटेडको ६ कराेड ३८ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *