शेयरबजार ४.२८ अंकले उकालो लाग्यो

Post Date : September 29, 2016 | 5:04 pm

काठमाडाैं, १३ असोज । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४.२८ अंकले बढेर १७५३.३८ बिन्दुमा पुगेको छ । कुल ४७५१ कारोवारबाट ९ लाख २६ हजार ९४५ कित्ता शेयर किनबेच भई ८१ करोड २४ लाख ७४ हजार ३६३ रुपैयाको कारोवार भएको छ ।

अाजको शेयर कारोवारमा वाणिज्य बैंक, होटल र उत्पादन समूह उकालो लागेको छ भने विकास बैंक, जलविद्युत, फाइनान्स, बीमा र अन्य सूहक अोरालो लागेको छ ।

वाणिज्य बैंकहरुको १२.८७ अंकले बढेर ४० करोड ३४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ६.७७ अंकले बढेर ५३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै उत्पादन समूहको १८.१४ अंकले बढेर ६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

विकास बैंक समूहको १८.९८ अंकले घटेर १३ करोड ३५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको २.४४ अंकले घटेर ३ करोड ३२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । फाइनान्स समूहको २.९७ अंकले घटेर १ करोड ५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । बिमा समूहको १९.८२ अंकले घटेर १७ करोड ३३ लाख रुपैयाको कारोवार भएकाे छ भने अन्य समूहको २.३१ अंकले घटेर ८३ लाख ९५ हजार ५२० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा नेपाल बंगलादेश बैंक लिमिटेडको ८ करोड ८७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा सनराइज बैंक लिमिटेडको ४ कराेड ३२ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *