सगरमाथा फाइनान्सले १८.३० प्रतिशत बोनस शेयर दिने

Post Date : March 10, 2017 | 8:40 am

काठमाडौँ, २७ फागुन । सगरमाथा फाइनान्स लिमिटेडको संचालक समितिले प्रस्ताव गरे बमोजिमत चुक्ता पूँजी ३६ करोड ९२ लाख ९८ हजार ७ सय रुपैयाँमा ३२.९४ प्रतिशत अथवा उक्त चुक्ता पूँजीमा ८० प्रतिशत हकप्रद शेयर वितरण गरेपश्चात कायम हुने चुक्ता पूँजी ६६ करोड ४७ लाख ३७ हजार ६ सय रुपैयाँको १८.३० प्रतिशत बोनस शेयर दिने भएको छ । फाइनान्सको २०७४ बैशाख ८ गते शुक्रबार बस्ने एघारौं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

सगरमाथा फाइनान्सले सेन्चुरी कमर्सियल बैंकसँग गाभिनको लागि सम्झौता गरिसकेको छ ।

सगरमाथा फाइनान्सले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासम्म ३ अर्ब २१ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ७८ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ करोड ४० लाख रुपैयाँ खुद मुनाफा गरेको छ । त्यस्तै जगेडा कोषमा २६ करोड ८९ लाख ७५ हजार ६० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *