सनराइजद्वारा बचतकर्ता सामुहिक दुर्घटना अन्तर्गत बीमा रकम भुक्तानी

Post Date : December 4, 2016 | 5:37 pm

ललितपुर, १९ मङ्सिर । सन्राइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको सुविधाको निमित्त शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधा अन्तर्गत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा रु. ५ लाखमा नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणासम्म दावी गर्न सकिनेछ ।

यस बैंकका निक्षेप ग्राहक श्री मिन बहादुर सिल्वालकोे नाति श्री सानो कान्छा सिल्वालको छोरा ललितपुर जिल्ला, ललितपुर न.पा. वडा नं. ४ विशंखुनारायण बस्ने श्री दशरथ सिल्वालको घाइते भई उपचारको क्रममा निधन भएकोमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्तर्गत मृतकको नाममा यस बंंैकको टौखेल शाखामा रहेको निक्षेप रकमको ४ गुणा अर्थात रु. ५,००,००० ।– बराबरको रकम हस्तान्तरण गरेको छ । उक्त रकम बराबरको चेक बैंकले आयोजना गरेको सुरक्षित घर कर्जा तथा अन्य बैंकिङ्ग सेवा सुविधा सम्बन्धी जानकारी तथा अन्तरक्रिया कार्यक्रममा बंंैकका टौखेल शाखाका शाखा प्रबन्धक उपेन्द्र वीर बज्राचार्यले मृतककी श्रीमती भुम कुमारी महतलाई हस्तान्तरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *