सनराइज बैंकको शाखा सितापाइला चोकमा

Post Date : March 29, 2017 | 3:21 pm

काठमाडौँ, १६ चैत । सनराइज बैंक लिमिटेडले काठमाडौँ जिल्लाको नागार्जुन नगरपालिका वडा नं. १ सितापाइला चोकमा शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन आज २०७३/१२/१६ गते बुधबारका दिन एक कार्यक्रमका बीच बैंकका अध्यक्ष मोतीलाल दुगड र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले गर्नुभयो ।

बैंकले नारायणी नेशनल फाइनान्स लिमिटेडलाई प्राप्ती गर्दा शंखमुलमा दोहोरिएको शाखाको कारोबार एउटा शाखामा एकीकृत गरी अर्को शाखालाई सितापाइलामा स्थानान्तरण गरिएको हो । सो शाखाबाट ग्राहकहरुलाई लकर (Safe Deposit Locker) सेवा समेत उपलब्ध गराइएको छ ।

हाल सनराइज बैंक लिमिटेडले नेपाल अधिराज्य भर ६८ वटा शाखा र ७६ वटा एटिएमद्वारा ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै यस बैंकको वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन. काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् । निकट भविष्यमा बैंकले खुसिबु, बुधबारे, सुर्खेत, कालिकास्थान, हेटौंडामा शाखाहरु खोल्न लागेको समेत जानकारी प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *