सिर्जना फाइनान्सको नयाँ शाखा इनरुवामा

Post Date : May 17, 2017 | 6:12 pm

सुनसरी, ३ जेठ । सिर्जना फाइनान्स लिमिटेडले सुनसरीको इनरुवामा शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष पञ्चदेव महतो र सिर्जना फाइनान्सका संचालक नन्दकिशोर राठीले संयुक्त रूपमा गर्नु भएको छ ।

सिर्जना फाइनान्सले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा २ अर्ब ८३ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ५३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरी ८ करोड २९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । फाइनान्सको निस्क्रिय कर्जा २.४६ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७७.५२ प्रतिशत छ ।

बैंकको हाल चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ करोड ३६ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *