सनराइज बैंक द्वारा बचतकर्ता सामुहिक दुर्घटना अन्र्तगत बीमा रकम भुक्तानी

Post Date : January 29, 2018 | 8:51 pm

काठमाडौं, ५ माघ । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा रु. ५ लाखमा नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणासम्म दावी गर्न सकिनेछ ।

यस बैंकका निक्षेप ग्राहक श्री मनोज कुमार पोखरेलको दुर्घटनामा परी उपचारको क्रममा निधन भएकोमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्तर्गत मृतकको नाममा यस बंंैकको नारायणगढ शाखामा रहेको निक्षेप रकमको ४ गुणा अर्थात रु २,५६,०२८।– बराबरको रकम बैंकले हस्तान्तरण गरेको छ । उक्त रकम बराबरको चेक बंंैकका नारायणगढ शाखाका शाखा प्रबन्धक श्री प्रकाश कस्तीारा मृतकका हकवाला श्रीमती सशिला कुमारी बानियालाई प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *