सहयोगी विकास बैंकले ३५ प्रशित हकप्रद शेयर जारी गर्ने

Post Date : February 25, 2017 | 2:13 pm

काठमाडौँ, १४ फागुन । सहयोगी विकास बैंकले आफ्ना शेयरधनीहरूका लागि ३५ प्रतिशत (१ः३.५) का दरले हकप्रद शेयर निष्काशनको लागि नेपालधितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १ सय रुपैयाँ अंकित दरका ११ लाख १ हजार ३५ कित्ता शेयर बराबर ११ करोड १ लाख ३ हजार ५ सय रुपैयाँको शेयर निष्काशन गर्न लागेको हो । बैंकको हाल चुक्ता पूँजी ३१ करोड ४६ लाख रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी ४२ करोड ४७ लाख रुपैयाँ पुग्नेछ ।

बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकसम्ममा ३ अर्ब ३२ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५ करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको यसै अवधिमा निस्क्रिय कर्जा शून्य दशमलब ७५ प्रतिशत रहेको छ भने कर्जा र निक्षेप अनुपात ७६ दशमलब ३३ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *