सानिमा बैंकको नाफा ९४ करोड ६९ लाख रुपैयाँ

Post Date : April 24, 2017 | 3:09 pm

काठमाडौँ, ११ वैशाख । सानिमा बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकसम्ममा ५३ अर्ब ४३ करोड २२ लाख रुपैयाँ निक्षेप संकलन र ४८ अर्ब ५९ करोड ६८ लाख रुपैयाँ कर्जा प्रवाह गरी ९४ करोड ६९ लाख १७ हजार रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ ।

बैंकको यसै अवधिमा निस्क्रिय कर्जा अनुपात ०.०४ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७५.१७ प्रतिशत रहेको छ । बैंकको हाल चुक्ता पूँजी ५ अर्ब ३० करोड ५८ लाख ७२ हजार रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा १ अर्ब ७४ करोड ८ लाख ३ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *