सानिमा बैंकको शेयर लिलाम बढाबढ

Post Date : September 13, 2016 | 12:54 pm

काठमाडौं, २८ भदौ । सानिमा बैंकले हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन मात्र गरेकोमा माग गरे अनुसार शेयरहरूका लागि आवेदन नपरेकोले बाँकी रहेको १६८,५३१,०९७ कित्ता हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।

हकप्रद शेयर खरिद गर्न चाहनेले शेयरको न्यूनतम मूल्य प्रति शेयर एकसय रुपैया तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलककोबोलमा सहभागी हुन सक्ने छन् । आवेदन २०७३ असोज १३ गते अपरान्ह ३ बजे भित्र सानिमा क्यापिटल लिमिटेड नक्साल काठमाडौंमा दिइसक्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *