सानिमा बैंक र आई पे रेमिट्यान्सबीच सम्झौता

Post Date : June 19, 2017 | 12:08 pm

काठमाडौँ, ५ असार । सानिमा बैंक लिमिटेड र आई पे रेमिट्यान्सबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि विदेशबाट आई पे रेमिट्यान्समार्फत पठाएको रकम बैंकका शाखाबाट ग्राहकले भुक्तानी लिन सक्नेछन् ।

आई पे रेमिट्यान्सले अमेरिका, साउदी अरब, कतार, मलेसिया, युएई, बेलायत, अष्ट्रेलिया, जापानलगायत नेपाली कार्यरत मुलुकबाट विभिन्न रेमिट्यान्स कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स नेपाल भित्र्याउँदै आएको छ ।

आई पे रेमिट्यान्सको नेपाल देशभर ३,५०० भन्दा बढी भुक्तानी काउण्टर छन् । बैंक तथा वित्तीय संस्था नभएका स्थानमा यस्ता भुक्तानी काउण्टरबाट भुक्तानी लिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *