सिद्धार्थ इन्स्योरेन्सले ३० प्रतिशत बोनस सेयर दिने

Post Date : January 9, 2017 | 4:34 pm

काठमाडौँ, २५ पुस । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १५ औँ बार्षिक साधारण सभाले आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलव ५७८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ ।

सभाले बोनस सेयर वितरणपछि हुने चुक्ता पूँजीको १९ दशमलव २३० प्रतिशत हकप्रद सेयर समेत जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्ष २०७३।७४ को मंसिर मसान्तसम्म ६३ करोड ६० लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *