सेन्चुरी बैंकले १० प्रतिशत बोनस शेयर दिने

Post Date : March 6, 2017 | 8:35 pm

काठमाडौँ, २३ फागुन । सेन्चुरी कमर्सियल बैंकको २०७३ फागुन २२ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७२/७३ मा गरेको मुनाफाबाट १० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

बैंकले गत आर्थिक वर्ष २०७२/७३ मा ३८ करोड २६ लाख २५ हजार रुपैयाँ खुद मुनाफा गरेको थियो ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमासमा ७ करोड ४२ लाख रुपैयाँ र दोस्रो त्रैमाससम्म आउँदा २२ करोड ३९ लाख रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *