हेवा “ए” जलविद्युतले व्यावसायिक उत्पादन थाल्ने

Post Date : August 18, 2016 | 4:16 pm

काठमाडौं, २ भदौ । हेवा “ए” जलविद्युत आयोजनाले भदौ १५ गतेदेखि ड्राई परिक्षण गर्ने भएको छ । सानातिना काम गर्न मात्र बाँकी भएको र असोज १ गतेदेखि व्यावसायिक उत्पादन थाल्न आवश्यक काम भइरहेको आयोजनाले जनाएको छ । पाँचथर पावर कम्पनीको २५ प्रतिशत इक्वीटी र सानिमा बैंकको नेतृत्वमा ११ बैंकले ७५ प्रतिशत ऋण दिएका छन् ।

सम्भाव्यता अध्ययनमा १० मेगावाट उत्पादन हुने देखिए पनि विस्तृत अध्ययनमा उत्पादन क्षमता बढेर १५ मेगावाट पुगेको हो ।

आयोजनाको लागत २ अर्ब २४ करोड रुपैया लाग्ने अनुमान गरिए पनि लागत बढेर २ अर्ब ५० करोड रुपैया पुग्ने आयोजनाले जनाएको छ । प्रति मेगावाट करिब १६ करोड ६७ लाख रुपैयामा काम सम्पन्न हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *