​“ग्लोबल आइएमई दोस्रो राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०७४” हुने

Post Date : April 17, 2018 | 6:56 pm

काठमाडौँ, ४ बैशाख । राष्ट्रिय फोटोपत्रकार समूहद्वारा आयोजना गरीएको राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०७४ को लागि मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गर्ने भएको छ । उक्त कार्यक्रमको नाम “ग्लोबल आइएमई राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०७४” हुने छ । साथै लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि ग्लोबल आइएमई बैंकको नामबाट वितरण गरिने भएको छ । आजै औपचारिक रुपमा आयोजक संस्थाका संयोजक प्रदिपराज वन्त र प्रायोजक संस्थाको तर्फवाट प्रमुख बजार व्ययस्थापक गणेश अवस्थी बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  लाइफ टाइम अचिभमेन्ट अवार्डबाट एक जना वरिष्ठ फोटोपत्रकारलाई नगद पुरस्कारको राशी ५० हजार सहित ट्रफी र सम्मानपत्रले सम्मानित गरिने भएको छ । उक्त अवार्ड लगायत अन्य १२ विधाका अवार्ड पुरस्कार नेपाल आर्मी क्लबको हलमा यही बैशाख १३ गते  विशेष कार्यक्रम गरी वितरण गरिने पनि जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *