अनलाइनबाटै शेयर कारोबारको व्यवस्था मिलाउन निर्देशन

Post Date : March 10, 2017 | 11:44 am

काठमाडौँ, २७ फागुन । नेपाल धितोपत्र बोर्डले अनलाइनबाट शेयरको कारोबार गर्न सकिने व्यवस्था मिलाउन धितोपत्र दलालहरूलाई निर्देशन दिएको छ ।

धितोपत्र बोर्डले दलाल कम्पनीबाट लगानीकर्ताको ग्राहक पहिचान (केवाइसी) का आधारमा लगानीकर्ता स्वयंलाई ‘युजर नेम’ र ‘पासवर्ड’ दिई इन्टरनेटमार्फत शेयर खरिद–बिक्री गर्न आदेश दिन सक्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

शेयर दलाल कम्पनीहरूले आफ्नो कार्यालयमा रहेको कारोबारसम्बन्धी अभिलेख अझ व्यवस्थित र सुदृढ गर्न हाल प्रयोग गरिरहेको स्वीकृत ब्रोकर ब्याक अफिस सफ्टवेयरमा समेत आवश्यक सुधार गर्न पनि बोर्डले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *