आईसिएफसी फाइनान्सको शाखा स्थानान्तरण

Post Date : May 1, 2017 | 12:17 pm

काठमाडौँ, १८ वैशाख । आईसिएफसी फाइनान्स लिमिटेडले काठमाडौँको मैतिदेवीमा रहेको शाखा मैतिदेवी चोकमा स्थानान्तरण गरेको छ । स्थानान्तरित शाखाको उद्घाटन आईसिएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबाबु पन्तले वैशाख १५ गते शुक्रबार गर्नु भएको छ । फाइनान्सले चाँडै नै चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित ज्योतिनगरमा नयाँ शाखा स्थापना गर्ने भएको छ ।

फाइनान्सको हाल १४ वटा शाखा, एउटा एक्सटेन्सन काउण्टर र १२ वटा एटिएममार्फत सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *