ग्लोबल आइएमई बैंकले शेयरधनीलाई १५.७६% बोनस शेयर दिने

Post Date : April 4, 2017 | 7:18 am

काठमाडौँ, २२ चैत । ग्लोबल आइएमई बैंकको सोमबार सम्पन्न दशौँ वार्षिक साधारण सभाले शेयरधनीलाई १५ दशमलब ७६ प्रतिशत बोनस शेयर दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको छ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ७ अर्ब २४ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।

बैंकले ८७ अर्ब रुपैयाँ निक्षेप संकलन र ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको ९४ वटा शाखा, १०६ एटिएम काउण्टर, १० वटा राजश्व संकलन केन्द्र, ६ वटा एक्सटेन्सन काउण्टर, एउटा सिडिएसडी काउण्टर र ४४ वटा शाखारहित बैंकिङ सेवाबाट ग्राहकवर्गलाई सेवा दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *