नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त

Post Date : September 23, 2016 | 7:00 am

काठमाडौं, ६ असोज । नेपाल सरकार, मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ ।

यसअघि उनी नेपाल टेलिकममै नायब प्रबन्ध निर्देशक थिइन् ।

भारतको पञ्जाब इन्जिनियरिङ युनिभर्सिटीबाट टेलिकम्युनिकेसनमा बि.ई. गरी थाइलैण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.बि.ए. गरेकी छिन् ।

सरकारले गत असार २५ गते खुला प्रतिस्पर्धाबाट नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनोटका लागि आवेदन माग गरेको थियो ।

प्रबन्ध निर्देशक छनोटका लागि गठन गरेको सिफारिस समितिले कामिनी राजभण्डारीसहित मदन खरेल र सुनिल कुमार पोखरेलको नाम मन्त्री परिषदमा पेश गरेको थियो । नेपाल टेलिकम भित्रबाट ९ जना र बाहिरबाट ४ जनाले प्रबन्ध निर्देशक पदका लागि निवेदन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *