नेपाल बंगलादेश बैंकको ४४ औँ शाखा काठमाडौँको महाराजगञ्जमा

Post Date : March 9, 2017 | 8:07 pm

काठमाडौँ, २६ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा नेपाल बंगलादेश बैंकले काठमाडौँको महाराजगञ्जमा ४४ औँ शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गर्नु भएको छ । कार्यक्रममा बैंकका संचालक माधवप्रसाद न्यौपानेले उक्त शाखामै एटिएम सेवाको शुभारम्भ गर्नु भएको छ ।

बैंकले सो शाखालाई पूर्ण रूपमा महिला शाखाको रूपमा विस्तार गरेको जनाएको छ ।

बैंकको ४४ शाखा ३ एक्सटेन्सन काउण्टर, ७ शाखारहित घरदैलो बैंकिङ सेवा र सुविधा दिँदै आएको जनाएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमाससम्ममा ४१ अर्ब ३ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन र ३६ अर्ब २० करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५४ करोड ६ लाख २९ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको निस्क्रिय कर्जा शून्य दशमलब ९९ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७८ दशमलब १९ प्रतिशत रहेको छ ।

बैंकको हाल ४ अर्ब १ करोड १७ लाख ५९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई १० बराबर ८ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न २०७३ फागुन १७ गते स्वीकृति दिइसकेको छ । धितोपत्र बोर्डले रु.१००/– अंकित दरका ३ करोड २० लाख ९४ हजार ६८ दशमलब ८० कित्ता बराबर ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८ सय ८० रुपैयाँको हकप्रद शेयर निष्काशन गर्न स्वीकृति दिएको हो । हकप्रद शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी ७ अर्ब २२ करोड ११ लाख रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *