नेपाल बैंकको ५६औं वार्षिक साधारण सभा

Post Date : June 12, 2016 | 1:07 pm

काठमाडौं । नेपाल बैंक लिमिटेडको ५६ औं वार्षिक साधारण सभाले १० बराबर २ः३ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंक संचालक समिति अध्यक्ष जनार्दन शर्मा आचार्यले आ.व. २०७१/७२ को वार्षिक प्रतिवेदन र भावी योजना सभामा प्रस्तुत गर्नु भएको थियो ।

बैंकले आ.व. २०७१/७२ मा निक्षेप संकलन ७७ अर्ब ९९ करोड रुपैया र कर्जा ५३ अर्ब ३८ करोड रुपैया रहेको जनाएको छ । त्यस्तै बैंकको लगानी तर्फ भने २४.३८ प्रतिशतले घटेर १६ अर्ब ९३ करोड रुपैया रहेको छ ।
बैंकले अन्य संस्थामा लगानी गरेको शेयर बिक्री गर्ने प्रक्रियामा रहेको समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *