महोत्सवमा एक करोड रुपैयाँ सङ्कलन

Post Date : September 9, 2016 | 5:02 pm

मुस्ताङ, २४ भदौ । जनहित बहुमुखी क्याम्पस जोमसोममा प्राविधिक शिक्षा पठनपाठन गराउने उद्देश्यले आयोजित धार्मिक तथा शैक्षिक महोत्सवमा एक करोड रुपैयाँ सङ्कलन भएको छ । यही भदौ ९ देखि १६ गतेसम्म सञ्चालन भएको महोत्सवबाट विद्यालयको चौतर्फी विकासका लागि उक्त रकम सङ्कलन भएको क्याम्पसले जनाएको छ ।

जनहित मुस्ताङको सबैभन्दा पुरानो क्याम्पस हो । विद्यालयमा प्राविधिक शिक्षासँगै स्नातकोत्तर तह सञ्चालन गर्न पनि महोत्सव आयोजना गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष मिमबहादुर थकालीले जानकारी दिनुभयो ।

“हामीले जुन उद्देश्य राखेर यो महोत्सब आयोजना गरेका थियौँ, धेरै हदसम्म सफल भयो”, उहाँले भन्नुभयो, “क्याम्पसका लागि यसअघि नै जग्गा प्राप्त भइसकेको छ, अब केही पूर्वाधार तयार गर्नेछौँ ।”

क्याम्पसले प्राविधिक शिक्षाका लागि अनुमति प्राप्त गरिसकेको छ भने स्नातकोत्तरका लागि प्रक्रिया अघि बढेको छ । ११ र १२ कक्षा पछि विद्यार्थी जिल्लाबाहिर जानुपर्ने अवस्था रहेकाले त्यसको अन्त्यका लागि क्याम्पसले स्नातक र स्नातकोत्तर तहको अध्यापन गराउने तयारी गरिएको अध्यक्ष थकालीले बताउनुभयो ।

सप्ताहव्यापी महोत्सवमा पण्डित दीनबन्धु पोखरेल र सह–वाचक धु्रवशरण बस्यालले सङ्गीतमय कथावाचन गर्नुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *