माछापुच्छ्रे बैंक र सक्षम एक्सेस टु फाइनान्सबीच सम्झौता

Post Date : April 11, 2017 | 9:03 am

काठमाडौँ, २९ चैत । माछापुच्छ्रे बैंक र सक्षम एक्सेस टु फाइनान्सबीच वित्तीय सेवाबाट वञ्चित व्यक्तिहरूलाई लघुवित्त सेवा प्रदान गर्नको लागि सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठ र युकेएड सक्षमका टिम लिडर बलजित बोहराले हस्ताक्षर गर्नु भएको छ । ‘सरलीकृत लघुवित्त सेवा’ परियोजनाको मध्य र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका बाँके, दाङ, कैलाली, कञ्चनपुर, रुपन्देही र सुर्खेत जिल्ला र मध्यमाञ्चल विकास क्षेत्रको धादिङ जिल्ला गरी ७ जिल्लामा २० वटा शाखारहित बैंकिङ सेवा विन्दुहरू स्थापना गर्ने लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *