यो वर्ष आमउपभोक्ता बढी मर्कामा

Post Date : April 14, 2016 | 8:08 am

यो वर्ष बैंकमा रकम राख्ने ग्राहकहरूलाई ठूलो नोक्सानी भएको छ । बैंकको निक्षेप ६/७ प्रतिशतबाट झरेर २ प्रतिशतको हाराहारीमा झरयो । यो वर्ष मूल्य वृद्धि १२ प्रतिशतभन्दा माथि पुग्यो । यसले गर्दा आफूले राखेको रकमको ब्याज कम आउने र वस्तु तथा सेवा उपभोग गर्दा बढी मूल्य तिर्नु परेको थियो । यसले बैंकमा बचत गर्नेलाई त मार परेकै छ त्यसभन्दा बढी मूल्य वृद्धिले आमउपभोक्तालाई मर्कामा पारेको छ ।

यस साल बैंकबाट कर्जा लिने व्यक्तिहरूलाई भने अलि सहज भएको छ । भूकम्पका कारण गर्न चैत्र मसान्तमा तिरेको कर्जाको ब्याज (किस्ता) त्यसपछि यो चैत्र मसान्तसम्म मात्रै तिर्दा हुने भएको छ । तर, बैंकहरूको ब्याजदर सस्तो भए पनि लगानीको वातावरण तयार नहुँदा लगानीकर्ता सस्तो ब्याजको फाइदा लिन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *