विजय लघुवित्त वित्तीय संस्थाले २० % लाभांश दिने

Post Date : September 26, 2016 | 8:43 am

काठमाडौं, १० असोज । विजय लघुवित्त वित्तीय संस्थाले गत आ.व. २०७२/७३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

बैंक संचालक समितिको मिति २०७३ असोज ७ गते बसेको बैठकले उक्त निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले र आगामी साधारण सभाले उक्त निर्णय पारित गरेपछि उक्त लाभांश वितरण गरिनेछ ।

हकप्रद शेयर वितरणपछि संस्थाको चुक्ता पूँजीमा २ करोड १० लाख रुपैया थप भई १६ करोड १० लाख रुपैया पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *