सिद्धार्थ बैंकको सेयर लिलामीमा

Post Date : January 10, 2017 | 1:16 pm

काठमाडौँ, २६ पुस । सिद्धार्थ बैंकले कार्तिक ११ देखि मंसीर १५ सम्म हदप्रद सेयर बिक्री गरेकोमा सर्वसाधारण समूहतर्फको एक लाख ५७ हजार ५ सय १७ किक्ता बिक्री नभएपछि बोलकबोलमार्फत बिक्री गर्न थालेको हो । बोलकबोलको आवेदन फारम भर्ने समय माघ ११ देखि माघ १७ गते कार्यालय समयसम्म रहनेछ । बोलकबोल आवेदन फारम सिद्धार्थ क्यापिटल अनामनगरका साथै सिद्धार्थ बैंकको केन्द्रीय कार्यालय हात्तीसारबाट प्राप्त गर्न सकिने छ । बोलकबोलबाट सेयर किन्न एक सय रुपैयाँ अंकित गरी सो भन्दा बढी मूल्य तोकेर बोलपत्र फारम बुझाउन सक्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *