अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यालयमा चिठ्ठी खोल्ने क्रममा विस्फोट

Post Date : March 16, 2017 | 10:57 pm

पेरिस (फ्रान्स), ३ चैत । अन्तर्राष्ट्रिय मुद्रा कोषको पेरिस कार्यालयमा प्राप्त एक पत्र खोल्ने क्रममा बुधबार विस्फोट भएको छ ।

विस्फोटबाट उक्त संस्थाका पेरिसस्थित एक कर्मचारी सामान्य घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विस्फोटमा मुद्रा कोषका कर्मचारीको दुवै हात र अनुहारमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

विस्फोटपछि ‘आर्क डे ट्रिओक’ स्मारक नजिकै रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषको पेरिसस्थित कार्यालयमा रहेका कैयौँ कर्मचारीलाई पूर्व सावधानीस्वरुप सुरक्षार्थ खाली गरिएको फ्रान्सेली प्रहरी स्रोतले जनाएको छ ।

घटनापछि कुनै विस्फोटबारे फ्रान्सेली प्रहरीले कुनै लिङ्क भेटाएको सूचना प्राप्त नभए पनि ग्रीसको उग्र वामपन्थी समूहले पत्रमा विस्फोटक पदार्थ आफ्नो समूहद्वारा पठाएको र सो पत्र जर्मन अर्थ मन्त्रालयलाई लक्षित गरी पठाइएको जनाएको छ ।

सो समूहले छ वर्षभन्दा बढी युरोपेली अधिकारीलाई लक्षित गरी यस्तै अभियान चलाएको बताइएको छ ।

‘कन्सपिरेसी अफ फायर न्युक्लेई ग्रुप’ ले एक वेबसाइटमा जारी गरेको विज्ञप्तिमा विस्फोटक पदार्थसहितको पार्सल विस्फोट हाम्रो समूहद्वारा गराएका बताएको छ । जर्मन प्रहरीले बुधबार जर्मन वित्तमन्त्री बुल्फाग्याङ्ग स्काउवलको कार्यालय भवनमा विस्फोटक पदार्थ भेटाएको जनाएको छ । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *