अप्पो स्मार्ट फोन नेपालमा पनि

Post Date : September 14, 2016 | 4:27 pm

काठमाडौं, २९ भदौ । विश्व बजारको चौथो स्थानमा रहेको अप्पो कम्पनीले नेपालमा ‘सेल्फी एक्स्पर्ट अप्पो एफ १ एस’ मोडलको स्मार्टफोन सार्वजनिक गरेको छ ।

चीनको प्रमुख ब्राण्ड अप्पोले नेपालमा सार्वजनिक गरेको उक्त मोडलमा ५.५ इन्चको स्क्रिन, फ्रन्ट सेन्सर १६ मेगापिक्सेल र मुख्य सेन्सर १३ मेगापिक्सेल छ । यसका अन्य विशेषतामा ३ जीबी रयाम, रोम ३२ जीबी, ३०७५ एमएच ब्याट्री क्षमता, एमटी ६७५० ओक्टा कोर प्रोसेसर, कल ओएस ३.०, एन्ड्रोइड ५.१, भण्डारण क्षमता ३२ जीबी र दुईवटा सिमकार्ड राख्न सकिनेछ ।

नेपालमा १ वर्षमा ५ सय वटाभन्दा बढी बिक्री स्थलहरू र ८ वटा अप्पो सेन्टर राख्ने योजना बनाएको छ । दक्षिण एसियाली बजारमा केन्द्रीत भएकोले नेपाल एक महत्वपूर्ण बजार हुने अप्पो कम्पनीले जनाएको छ । कम्पनीले अप्पो एफ १ एस मोडलको मूल्य २१ हजार ५ सय ९० रुपैया तोकेको छ ।

अप्पोका ब्रान्डहरू अफ्रिका, दक्षिण पूर्वी एसिया, मध्यपूर्व, ल्याटिन अमेरिका, अष्ट्रेलिया, दक्षिण तथा पूर्वी एसियाका बजारमा ठूलो हिस्सा ओगटिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *