आस्वाको सेवा शुल्क बढीमा एकसय रुपैयाँ

Post Date : April 11, 2017 | 11:51 am

काठमाडौँ, २९ चैत । नेपाल धितोपत्र बोर्डले धितोपत्र (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३ लाई संशोधन गरेको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी धितोपत्र बोर्डले दोस्रो संशोधन गरेको हो ।

नेपाल धितोपत्र बोर्डले आस्वा प्रणाली लागू गरेपछि देखिएका समस्यालाई निराकरण गर्न निर्देशिका संशोधन गरेको हो । बोर्डले ५० हजार रुपैयाँसम्मको दरखास्तमा बढीमा रु.१००।– र सोभन्दा बढी रकमको दरखास्तमा बढीमा रु.२५०।– लिने गरेकोमा दोस्रो संशोधनमा बढीमा रु.१००।– सेवा शुल्क लिने व्यवस्था गरेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले निष्काशन तथा बिक्री प्रबन्धकलाई प्रति दरखास्त रु.१०।– बुझाउनु पर्ने र बोर्डमा बुझाउनु पर्ने ३ प्रतिशत शुल्क हटाएको छ ।

बोर्डले सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई आस्वा (एप्लिकेसन सपोर्टेड बाई ब्लक अमाउण्ट) प्रणालीमा सहभागी गराएर देशका ७५ वटै जिल्लाबाट शेयरका लागि दरखास्त दिन सक्ने व्यवस्था मिलाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *