नबिल बैंकद्वारा यूनियनपे ईन्टरनेशनल Quick Response (QR) Code प्रणालीको शुभारम्भ

Post Date : February 11, 2018 | 5:56 pm

काठमाडौँ, २८ माघ । नबिल बैंकले नेपालमा नै प्रथम पटक आफ्नो Merchant Network मार्फत “UnionPay International QR Code Acquiring Service” को शुभारम्भ गरेको छ । उक्त प्रणाली मार्फत QR Code को प्रयोग गरी नबिल बैंकसँग आबद्ध Merchant हरूले यूनियनपेका अन्तर्र्रािष्ट्रय कार्डहरू स्विकार गरी सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाहरूको भुक्तानी लिन सक्नेछन् ।

Quick Response (QR) कोड म्याट्रिक्स बारकोड (वा दुई–आयामी बारकोड) को एक प्रकार हो । बारकोड मेशिनद्वारा सजिलै पढ्न सकिने अप्टिकल लेबल हो, जसमा संलग्न भएको वस्तुको बारेमा जानकारी समावेश गरिएको हुन्छ । QR कोडमा सेतो पृष्ठभूमिमा कालो square grid हरु हुन्छन् जसलाई छविको रूपमा इमेजिङ यन्त्र जस्तै क्यामेराद्वारा पढेर प्रशोधन गरि कारोबार गर्न सकिन्छ ।

QR कोड नमूना

QR कोड प्रणाली मार्फत उपभोक्ताहरूले व्यापारीक बिक्री केन्द्रमा रहेको QR कोडलाई आफ्नो फोनबाट नै स्क्यान गरि आफूले रोजेको सामान र सेवाहरूको भुक्तानी गर्न सक्नेछन् । यस भुक्तानी प्रणालीमा विद्धमान प्रक्रिया जस्तो physical Point of Sales (POS) टर्मिनलहरूको आवश्यकता नपर्नुका साथै कार्डको समेत सिधा सम्पर्कको आवश्यक पर्दैन । त्तच् कोड मार्फत गरिने भुक्तानी र सो सम्बन्धी जानकारी ग्राहक स्वयमको मोबाइलमा नै उपलब्ध हुन्छ ।

“यो सेवाले नेपालमा डिजिटल बैंकिंङ्गलाई बढावा दिन कोशेढुङ्गा साबित हुने विश्वास राखेका छौं । पहिलो चरणमा हामीले यो सेवा मुख्य रूपमा चिनियाँ पर्यटकहरुलाई लक्षित गरेका छौं । चिनमा निकै नै प्रख्यात रहेको अत्यन्त सरल र सुरक्षित QR कोड प्रणाली मार्फत नेपालमा समेत चिनियाँ पर्यटकहरुले आफूले रोजे बमोजिमका सामान र सेवाको भुक्तानी सजिलै गर्न सक्नेछन् । निकट भविष्यमा हामीले आफ्ना ग्राहक महानुभावहरूको लागि समेत उक्त सेवा विस्तार गर्ने योजना गरेका छौं ।” नबिल बंैकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले बताउनु भयो ।

नेपालमा नबिल बैंक भिसा इन्टरनेशनल, मास्टर र्काड इन्टरनेशनल र युनियन पे इन्टरनेशनलको (Visa International, MasterCard International and UnionPay International) मुख्य सदस्य हो र यसले डेबिट, प्रिपेड, क्रेडिट कार्डहरु जारी गर्दछ साथै उक्त कार्डहरुबाट यसका एटिएम, POS तथा पेमेण्ट गेटवे सञ्जालहरु मार्फत कारोबार स्विकार गर्दछ । नबिल बैंकले युनियन पे इन्टरनेशनलको सहकार्यमा यो थप सेवाको शुरुवात गरेको हो ।

नबिल बैंक सदैव नयाँ प्रविधि ग्रहण गर्न तथा नविन बैकिङ सुविधाहरुको उपलब्धताको लागि अग्रपक्तिंमा रहँदै आएको छ । यस UPI QR Code सेवाको शुरुवात मार्फत न्युन शुल्कमा नै व्यवसायी र ग्राहकहरुले इ–कमर्स कारोवार सरल, सहज र सुरक्षित रुपमा गरी लाभान्वित हुन सक्नेछन् ।

यूनियनपे इंटरनेशनलको बारेमा

युनियनपे इंटरनेशनल (यूपीआई) अन्तरराष्ट्रीय भुुक्तानी गर्ने संगठन China UnionPay को एक सहायक संस्था हो । यूपीआईले विश्वभरि १,७०० भन्दा बढी संस्थाहरूको साथ साझेदारी गरेको छ । यूपीआईद्वारा जारी कार्डहरु १६८ देशहरुमा स्विकार्य हुनुको साथै ४८ वटा देशहरुबाट जारी भई रहेका छन् । विश्वको सबैभन्दा ठूलो कार्ड प्रयोगकर्ताहरुको संरचना रहेको युनियनपे इन्टरनेशनलले उच्च गुणस्तर, लागत प्रभावी र सुरक्षित अन्तरदेशीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ । युनियनपे इन्टरनेशनलले विश्वव्यापी UnionPay कार्ड प्रयोगकर्ताहरू र व्यापारीहरूको बढ्दो संख्यालाई सुविधाजनक सेवाहरू प्रदान गर्ने सुनिश्चितता लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *