इक्वेडरमा सैनिक विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

Post Date : March 25, 2016 | 9:27 am

एजेन्सी, ३ चैत । दक्षिण अमेरिकी मुलुक इक्वेडरमा सैनिक विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । पूर्वी प्रान्त पास्टासाको अमेजन क्षेत्रमा भएका दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको हो । इक्वेडरका राष्ट्रपति राफाइल कोरेयाले ट्वीट गरेर दुर्घटनाको पुष्टि गर्दै विमानमा सवार सबैको मृत्यु भएको जानकारी दिनुभएको हो । उहाँले मृतकका परिवारमा समवेदनासमेत व्यक्त गर्नुभएको छ । मृत्यु हुनेमा चालक दलका दुई, एक प्राविधिक तथा १९ जना सैनिक छन् । ती सैनिक प्यारासुटिङको तालिमका लागि गएका थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *