नेपाल राष्ट्र बैंकले ९१ दिने र ३६४ दिने ट्रेजरी बिल बिक्री गर्ने

Post Date : August 27, 2016 | 6:57 pm

काठमाडौं, ११ भदौ । नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले यही भाद्र १३ गते सोमबार बोलकबोलको माध्यमबाट एक अर्ब बाईस करोड बयासी लाख रुपैयाको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकका अनुसार निष्काशन गरिने कुल ट्रेजरी बिलमध्ये ९१ दिने अवधिको २२ करोड ८२ लाख रुपैया र ३६४ दिने अवधिको एक अर्ब रुपैया रहेको छ । जसमध्ये ९१ दिने ट्रेजरी बिलको परिपक्व हुने दिन २०७३ मंसिर १४ गते तोकिएको छ भने ३६४ दिने ट्रेजरी बिलको परिपक्व हुने दिन २०७४ भाद्र १३ गते तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *