एनआईसी एसिया क्यापिटललाई धितोपत्र निक्षेप सेवा अनुमति

Post Date : March 24, 2017 | 2:18 pm

काठमाडौँ, ११ चैत । एनआईसी एसिया क्यापिटल लिमिटेडलाई सीडीएस एण्ड क्लियरिङ लिमिटेडले धितोपत्र निक्षेपसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्नको लागि अनुमति दिएको छ । एनआईसी बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईसी एसिया क्यापिटललाई चैत १० गते यस्तो अनुमति दिइएको हो ।

एनआईसी एसिया क्यापिटलले एनआईसी एसिया बैंकका सम्पूर्ण शाखा कार्यालयबाट डिम्याट खाता खोल्न र संचालन गर्न सकिने जनाएको छ । साथै आफ्नो वेबसाइट पनि संचालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *