एनआईसी एसिया बैंकको ९५ औँ शाखा कैलालीको बौनियाँमा

Post Date : July 3, 2017 | 1:06 pm

कैलाली, १९ असार । एनआईसी एसिया बैंकले आफ्नो ९५ औँ शाखा कैलालीको बौनियाँमा संचालन गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, धनगढी शाखाका निर्देशक बिश्रुत थापाले गर्नु भएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याको आधारमा एनआईसी एसिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरूमध्ये एक भएको जनाएको छ ।

बैंकले देशका विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *