पम्प सञ्चालक पक्राउ, म्याद थप

Post Date : October 21, 2016 | 11:52 am

गौशाला, ५ कात्तिक । महोत्तरी प्रहरीले बुधबार जिल्लाको गौशाला नगरपालिका–७ स्थित एक पेट्रोल पम्प सञ्चालकलाई पेट्रोल पम्पमै पेट्रोल ट्याङ्कीमै मट्टितेल मिसाउँदै गरेको अवस्थामा पक्राउ गरेकोमा बिहिबार म्याद थप गरेको छ ।

पक्राऊ पर्नेमा गौशाला–७ जिरोमाइल चौकमा अवस्थित जनक आयल स्टोर्सका सञ्चालक जनकबहादुर श्रेष्ठका छोरा नवीन कुमार श्रेष्ठ रहेको र उनलाई विहिबार म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार पेट्रोल पम्प सञ्चालक श्रेष्ठका छोरा नवीनले पम्पमै रहेको पेट्रोलको ट्याङ्कीमा बाहिरबाट ल्याएको फलामको ड्रमबाट तीनसय लिटर मट्टितेल मिसावट गर्दागर्दैको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ गरिएका पम्प सञ्चालकका छोरा श्रेष्ठलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको छ भने उनीमाथि कालोबजारी मुद्दा लगाउने तयारी भइरहेको कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *