एनसीसी बैंक र सूर्या लाइफ इन्सुरेन्सबीच बैंकासुरेन्ससम्बन्धी सम्झौता

Post Date : July 7, 2017 | 11:18 am

काठमाडौँ, २३ असार । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र सूर्या लाइफ इन्स्योरेन्सबीच बैकासुरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतापछि एनसीसी बैंकको नेपाल अधिराज्यभरि रहेका शाखाबाट सूर्या लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *