करिब साढे २ अर्बको कारोवार हुँदा पनि शेयरबजार १०.६९ अंकले घट्यो, सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टको मात्रै १ अर्ब रुपैयाभन्दा बढीको कारोवार

Post Date : September 18, 2016 | 3:44 pm

काठमाडाैं, २ असोज । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १०.६९ अंकले घटेर १८०४.४८ बिन्दुमा पुगेको छ । कुल ६७२७ कारोवारबाट २४ लाख ९१ हजार ६०४ कित्ता शेयर किनबेच भई २ अर्ब ४६ करोड १२ लाख ५३ हजार ३२२ रुपैयाको कारोवार भएको छ ।

होटल, विकास बैंक, जलविद्युत र अन्य समूहको शेयर मूल्य बढेको छ भने वाणिज्य बैंक, फाइनान्स र बीमा समूहको शेयर मूल्य घटेको छ ।

होटल समूहको २१.८ अंकले बढेर १ करोड ५४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको ३.५६ अंकले बढेर २१ करोड ६३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । जलविद्युत समूहको १३.८४ अंकले बढेर ४ करोड ४६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने अन्य समूहको ९.५४ अंकले बढेर १ करोड ६४ लाख २९ हजार ८०० रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको १८.५४ अंकले घटेर ६१ करोड ७९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको ०.७२ अंकले घटेर १ अर्ब २२ करोड ९१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । बिमा समूहको ८७.४७ अंकले घटेर २१ करोड १७ लाख रुपैयाको कारोवार भएकाे छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टको १ अर्ब २० करोड ७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा सनराइज बैंक लिमिटेडको १५ कराेड ८८ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *