गोर्खाज फाइनान्सलाई निर्देशन

Post Date : October 19, 2016 | 5:49 pm

काठमाडौँ, ३ कात्तिक । नेपाल धितोपत्र बोर्डले गोरखा विकास बैंक र काठमाडौँ फाइनान्स गाभिएर बनेको गोर्खाज फाइनान्सलाई सेयर कारोबार नगरेकामा प्रश्न उठाउँदै तीन दिनभित्र जानकारी दिन निर्देशन दिएको छ ।

बोर्डले दुई संस्था गाभिएर एकीकृत कारोबार भएको लामो समय बितिसक्दा पनि सेयर अभिलेखीकरण नगरेको सम्बन्धमा जवाफ दिन आज निर्देशन दिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिनुभयो ।

लामो समयदेखि उक्त फाइनान्सको सेयर कारोबार नभएका कारण साधारण लगानीकर्ता मारमा पर्दै आएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज पुँजीबार ४.८४ अङ्क अर्थात् ०.२७ प्रतिशतले ओरालो लाग्यो । होटल समूहको उपसूचक ०.०९ प्रतिशतले उकालो लागे पनि अन्य सबै समूहको उपसूचक ओरालो लाग्यो ।

बिमा समूहको सबैभन्दा बढी ५७.१३ अङ्क अर्थात् ०.६२ प्रतिशतले ओरालो लागेको नेप्सेले जनाएको छ । बजारमा आज रु ५६ करोड ४६ लाखको कारोबार भयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *