जनता बैंक नेपाल र एनसिएम मर्चेन्ट बैंकिङ्गबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता

Post Date : August 11, 2016 | 11:52 am

काठमाडौं, २६ साउन । जनता बैंक नेपाल लिमिटेड र एनसिएम मर्चेन्ट बैंकिङ्गबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल र एनसिएम मर्चेन्टका प्रबन्ध संचालक विजयलाल श्रेष्ठले हस्ताक्षर गरेको बैंकले जनाएको छ । बैंकले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ शेयर बराबर १ कित्रा हकप्रद शेयर जारी गर्ने सम्झौता गरेको हो ।

बैंकको हाल चुक्ता पूँजी २ अर्ब ६ करोड रुपैया रहेको छ । हकप्रद शेयर जारीपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ९ करोड रुपैया पुग्नेछ ।

बैंकले आ.व. २०७२/७३ को असार मसान्तसम्म २४ अर्ब ६ करोड ७५ लाख रुपैया निक्षेप संकलन २० अर्ब ४७ करोड २५ लाख रुपैया कर्जा लगानी गरी ३२ करोड ५३ लाख रुपैया खुद मुनाफा गरेको छ ।

बैंकको निष्क्रीय कर्जा अनुपात १.१५ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *