टुरिजम डेभलपमेन्ट बैंकले हकप्रद शेयर जारी गर्ने

Post Date : August 20, 2016 | 1:10 pm

काठमाडौं, ३ भदौ । टुरिजम डेभलपमेन्ट बैंकले हकप्रद शेयर जारी गरी पूँजी वृद्धि गर्ने भएको छ । बैंकले क्षेत्रीय स्तरको कालिन्चोक विकास बैंक र मातृभूमि विकास बैंकलाई एक्विजिसन गरेपछि कायम हुने चुक्ता पूँजीमा एक बराबर एकको अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ ।

बैंकको हाल चुक्ता पूँजी १ अर्ब २८ करोड रुपैया रहेको छ । बैंकका अनुसार कालिन्चोक विकास बैंक र मातृभूमि विकास बैंकको १०० कित्ता शेयर बराबर क्रमशः टुरिजम डेभलपमेन्ट बैंकको ७७ र ९२ कित्ता शेयरको स्वाप रेसियो तय भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *