तीजको अवसरमा ‘स्वावलम्बी नारी बचत खाता’

Post Date : September 4, 2016 | 2:39 pm

काठमाडौं, १९ भदौ । एनआइसी एसिया बैंकले नारी ग्राहकका लागि ‘स्वावलम्बी नारी बचत खाता’ नामक नया सेवा सुरु गरेको छ । तीजको अवसर पारेर बैंकले नारीप्रति समर्पित गरी ल्याएको यो खाता विशिष्ट सुविधाहरू संयोजनसहित ल्याइएको छ ।

यो खाता शुन्य मौज्दात खोल्न सकिने र वार्षिक ३.५ प्रतिशत ब्याजदर दिइने बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यो खाता खोल्ने नारीहरूलाई २ वर्षसम्म निःशुल्क भिसा कार्ड प्रयोग, एसएमएस बैंकिङ्ग निःशुल्क, इन्टरनेट बैंकिङ्ग निःशुल्क, २ लाख रुपैयासम्मको दुर्घटना बीमा आदि विभिन्न किसिमका सुविधा बैंकले उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *