दाल झान्दा प्रयोग हुने नेपाली कडिपत्ता भारतीय शहरमा

Post Date : September 14, 2016 | 12:31 pm

कञ्चनपुर, २९ भदौ । कञ्चनपुरको भिमदत्त नगरपालिकामा बसोबास गर्ने विपन्न परिवारले कडिपत्ताबाट मनग्गे लाभ लिन थालेका छन् । केही वर्ष अघिसम्म गाई, भैँसीलाई सोत्तरका रूपमा प्रयोग गर्दै आएको भिमदत्त नगरपालिकाका बासिन्दाले कडिपत्ता एक किलोको १५ देखि २५ भारतीय रुपैयामा भारतीय सीमावर्ती बजार टनकपुरमा बेच्छन् । ब्रह्मदेव क्षेत्रका विपन्न परिवारको आँगनमा यतिबेला कडिपत्ता सुहाएको देखिन्छ । यस कडिपत्तालाई विक्री गरेर नुन, तेल किन्ने गरेका छन् ।

दुई तीन भारी हरियो कडिपत्ता ५०/६० किलोको हुन्छ । यसलाई टनकपुर पुरयाएर बिक्री गरे हजार/बाह्रसय रुपैया आउने यहाँका स्थानीय बासिन्दा बताउँछन् ।

केही वर्ष अघिसम्म कडिपत्ताबारे जानकारी नभएर यहाँका घर आँगनमा नै खेर गइरहेको थियो । अहिले यहाँका सबैजसो बासिन्दाले कडिपत्ताबारे जानकारी पाएर व्यावसायिक रूपमै संकलन हुन थालेपछि वनमा अभाव हुन थालेको छ । अहिले यस क्षेत्रका महिलाहरूले घर आँगन, खेतबारीमा पनि यसको खेती सुरु गरेका छन् ।

कडिपत्ताको प्रयोग भारतका ठूला शहर र दासगरी दक्षिण भारतमा दाल झान्दा प्रयोग हुने मसला हो । खानाको अन्य प्रकारमा पनि यसको प्रयोग हुन्छ ।

ब्रह्मदेव र खल्ला मसेठ्ठी क्षेत्रबाट ठूलो परिमाणमा कडिपत्ता भारत निर्यात हुने गर्छ । अत्याधुनिक प्रशोधन मेशीन ल्याएर प्रशोधन गर्न र यसलाई व्यवस्थित गर्न सके यस व्यवसायमा लागेका सबै समुदायले पनि फाईदा लिन सक्ने बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *