देवः विकास बैंकले सहारा विकास बैंक प्राप्ती गर्ने

Post Date : June 12, 2017 | 4:52 pm

काठमाडौँ, २९ जेठ । देवः विकास बैंकले सहारा विकास बैंक प्राप्ती गर्ने सम्बन्धमा दुई बैंकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा देवः विकास बैंकका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्य र सहारा विकास बैंकका अध्यक्ष सुगन्धकुमार गुप्ताले हस्ताक्षर गर्नु भएको छ ।

देवः विकास बैंकले यसअघि युनियन फाइनान्स लिमिटेड र साझा विकास बैंक प्राप्तीको समझदारीपत्रमा हस्ताक्षर गरी प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *