नबिल फाउण्डेसनको नयाँ बर्ष बालबालिकाको साथमा

Post Date : April 18, 2018 | 6:28 pm

काठमाडौँ, ५ बैशाख । नबिल बैंकद्वारा प्रवर्द्धित नबिल फाउण्डेसनले नबिल बैंक तथा हिमालयन टेलिभिजन टिमसँग संयुक्त रुपमा नयाँ वर्ष २०७५ सेलेब्रल पाल्सी नेपाल नामक संस्थामा उपचारत एवं अध्ययनरत बालबालिकाका साथमा मनायो । सेलेब्रल पाल्सीबाट ग्रसित बालबालिकाहरूसँग केही खुशीका रमाइलो क्षण बिताउन उक्त कार्यक्रम आयोजना गरिएको थियो । बालबालिकाहरुले कार्यक्रममा विभिन्न खेल, सांगीतिक कार्यक्रम, नृत्य साथ मनोरञ्जन गरेका थिए । गायिका सबिना कार्कीले पनि उक्त कार्यक्रममा आफ्ना प्रस्तुतीद्वारा बालबालिकाहरूको मनोरञ्जन गरेको कुरा फाउण्डेसनले प्रेस विज्ञप्तीमार्फत जनानकारी दिएको छ ।

सेलेब्रल पाल्सी नशामा हुने एकप्रकारको असन्तुलन हो जुन खास गरेर मस्तिष्कको राम्ररी विकास नभएका मस्तिष्क पक्षघातसँग सम्बन्धित हुन्छ । सेलेब्रल पाल्सीले प्रारम्भिक चरणमा शरीरको गति र माँसपेशीहरुको सन्तुलनमा असर पार्दछ । सेल्फ हेल्प ग्रुपको स्थापना ३१ वर्षअघि भएको हो र यसको उद्देश्य सेलेब्रल पाल्सीबाट ग्रसित वयस्क र बालबालिकाहरुलाई सही उपचार गर्दै देखभाल गर्ने, सुविधा र राहत प्रदान गर्ने रहेको छ । समूहले त्यस्तो बालबालिकाहरू र उनीहरूका अभिभावकहरूलाई लक्षित गरेर विशेष शिक्षा कार्यक्रम, पुनस्थापना केन्द्र र प्रवद्र्धनात्मक कार्यक्रमहरू संचालन गर्ने गरेको छ । प्रवर्द्धनात्मक कार्यक्रम अन्तरगतको आवासमै सेवा पुरयाउने कार्यक्रम हो, जुन खास गरेर पुनस्थापना सेवाको पहुँच नभएका तर सेलेब्रल पल्सीबाट प्रभावित बालबालिकाहरूका लागि संचालन गरिन्छ । प्रशिक्षित घरेलु प्रशिक्षक सेलेब्रल पल्सी ग्रस्त बालबालिकाहरूलाई घर घरमै गएर सेवा प्रदान गर्दछन् र उनीहरूलाई सामान्य थेरापी सीप र उनीहरूका अभिभावकहरूलाई त्यस्तै तरिकाहरूबारे सिकाउने गर्दछन् ।

नबिल बैंकले एसजिसिपिलाई सेलेब्रल पाल्सीबाट ग्रसित बालबालिकाहरूलाई पर्सामा संचालन गरिन लागेको परामर्श सेवा, उपचार सेवा र प्रशिक्षण कार्यक्रमहरूको निमित्त आर्थिक सहयोग उपलब्ध गराएको पनि थियो । एसजिसिपिका कार्यकारी प्रमुख श्री विमललाल श्रेष्ठले बैंक तथा फाउण्डेसनका कर्मचारीहरूलाई स्वागत गर्दै सेलेब्रल पल्सी बालबालिकाहरुसँग उत्सव मनाएर खुशी बाँडी बच्चाहरूको मनोबल उच्च बनाएकोमा आभार पनि व्यक्त गरेको समेत उक्त विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *