नेपाल क्रेडिट एण्ड कमर्स बैंकद्वारा ११० वटा ट्युबवेल सहयोग

Post Date : May 6, 2016 | 12:00 pm

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले मोरङको डामनिया गाविसमा ११० वटा ट्युबवेल सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक र सामाजिक रुपमा पिछडिएका मुसहर बस्तीमा खानेपानीका लागि सहयोग गरेको बैंकले जनाएको छ ।

धारा जडान कार्यको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गर्नु भएको थियो । बैंकका अनुसार उक्त ट्युबवेल जडानपछि ३२३ घरधुरीले प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । बैंकले आगामी दिनमा पनि पिछडिएका समूहलाई सहयोग पुरयाउने कार्यक्रम जारी राख्ने का.मु. प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *